१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड २५ लाख स्वीकृत

अ अ+ अ-

 काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । 

बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न विभिन्न ९ वटा शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीकालाई सेवा कालिन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाखको बजेट स्वीकृत गरेको हो  ।

कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संरचना,कार्य प्रणाली, आचारसंहिता लगायत अधिकार र कर्तव्य बारेमा अभिमुखीकरण गर्ने प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने नेतृत्व तहका पदाधिकारीहरू,क्याम्पस प्रमुखहरू, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ। 

जनशक्ति विकास तथा कल्याण परिषद्को अध्यक्षता गदै त्रि.विका शिक्षाध्यक्ष प्रा।डा अञ्जना सिंहले त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई थप दक्ष र प्रभावकारी संस्थागत उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए । 

साथै  त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले जनशक्तिलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने विषयमा स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

त्रिवि समन्वय महाशाखाका प्रमुख एवं जनशक्ति विकास तथा कल्याण परिषद्का सदस्य सचिव दिपक तिवारीले ‘दक्ष जनशक्ति,सक्षम कार्यालय, गुणस्तरीय सेवा प्रतिस्पर्धी एवं उत्कृष्ट विश्वविद्यालय भन्ने मूल भावका साथ शिक्षक तथा कर्मचारीको समयानुकूल वृत्ति विकास, उपलब्ध स्रोतसाधनको अधिकतमक सदुपयोग र उत्पादनशीलता बढाउन बर्षैभरी सुशासन र कार्यालय व्यवस्थापनसँग सम्बन्धी विभिन्न ९ वटा विषयवस्तुमा आधारित तालिम, वर्कशप र गोष्ठी सञ्चालन गरिने जानकारी गराएका थिए । 

बैठकमा विभिन्न अध्ययन संस्थानका डीनहरू,क्याम्पसप्रमुखहरु एवं महाशाखाप्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

0 Comments