१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारमाथि प्रहरीको सोधपुछबारे सरकारलाई पूर्वजानकारी नभएको मन्त्री पोखरेलेको स्पष्टीकरण

अ अ+ अ-

काठमाडौँ । सरकारले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको सोधपुछ तथा धरपकडको विषयमा प्रधानमन्त्री र सरकारलाई पूर्वजानकारी नभएको स्पष्टीकरण दिएको छ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीको आन्तरिक सूचना चुहावट भएको आशंकामा अनुसन्धानका क्रममा सोधपुछ गरिएको दाबी गरेका हुन्।

उनले समाचार कक्षमा प्रहरी पुगेको विषयलाई सरकारको निर्देशनमा भएको कारबाहीका रूपमा नबुझ्न आग्रह गर्दै त्यसबारे प्रधानमन्त्रीलाई समेत पूर्वजानकारी नभएको बताए।

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने समाचार कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रहरीले आन्तरिक रूपमा जाँचबुझ गर्न खोजेको थियो।

‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनी उदाहरणका लागि प्रधानमन्त्रीले आइजिपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ उनले भने।

प्रहरीको उक्त गतिविधि सरकारसँग अनुमति लिएर नभएको उनको भनाइ छ।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन। त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन। प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ पोखरेलले भने।

उनले घटनाबारे प्रधानमन्त्रीलाई जानकारी प्राप्त हुनासाथ कुनै पनि पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिइएको बताए।

प्रवक्ता पोखरेलले घटनामा कसैलाई पक्राउ वा नियन्त्रणमा नलिइएको दाबीसमेत गरेका छन्।

0 Comments