१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्षित समुदायका आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम बनाउन मन्त्री बादीको आग्रह

अ अ+ अ-

काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सिता बादीले महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलगायत लक्षित र सीमान्तकृत समुदायका आवश्यकता पहिचान गरी नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न स्थानीय तहलाई आग्रह गरेकी छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री बादीले सामाजिक न्याय, समानता र समावेशी विकास सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी हुन्।

उनले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयकको मस्यौदा तयार गरिएको, अपांगतासम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको तथा अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।

कर्णालीमा बालविवाह अन्त्य, महिलाको आर्थिक सशक्तीकरण तथा विपद् प्रभावित महिला र बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई लक्षित समुदायमैत्री सेवा प्रवाह गर्न आग्रह गरिन्।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूले दलित समुदायको उत्थान, अपांगता भएका व्यक्तिको अधिकार, भूमिहीनको समस्या, बालबालिकाको शिक्षा र महिलाको राजनीतिक सहभागितालगायत विषयमा सुझाव तथा माग प्रस्तुत गरेका थिए।

0 Comments