९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीबाटै समृद्धिः प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औल्याए ।

कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गरे ।

“बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पु¥याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ”, प्रधानमन्त्रीले भने ।

उनले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भने ।

पुस्तकमाथि टिप्पणी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक इमान्दारिताको खडेरी परिरहेका बेला आएको कृति ‘इमानको इन्द्रनी’ले राजनीतिक इमान्दारिताको पात्र खडा गरेर पुनः बहसमा ल्याइदिएको बताए ।

भूमि व्यवस्थापन, सहकारी आन्दोलनमा बडालले गर्नुभएको योगदानको मन्त्री ज्ञवालीले सराहना गरे । लेखक अनिल पौडेलद्वारा लिखित उक्त कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । लेखक पौडेलले इन्द्रेनीका सप्तरङ्गी छटाहरू बडालमा देखिएकाले कृतिको सारतत्व नै स्वाभिमान, कर्तव्यनिष्ठ र इमान रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस