मन्त्री रावलको निर्देशन: ‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्; दबाब होइन, कानुनमा टेकेर काम गर्नुस्’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी छिन्। मंगलवार भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागको अनुगमनपछि...