१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा-भोटेकोशी बाढीको चपेटामा कर्मचारीतन्त्र : ३६ कर्मचारी प्रभावित, तीनको शव फेला

रसुवा-भोटेकोशी बाढीबाट सरकारी संयन्त्रमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार विभिन्न निकायका ३६ कर्मचारी प्रभावित भएका छन् भने उत्तरगयाका १० शिक्षक सम्पर्कविहीन छन्। अध्यागमनका चारमध्ये तीन कर्मचारीको शव फेला परेको छ।

अ+ अ-

काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट सर्वसाधारणसँगै सरकारी कर्मचारी, शिक्षक र स्थानीय जनप्रतिनिधिसमेत प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार विभिन्न सरकारी निकाय तथा स्थानीय तहका ३६ कर्मचारी प्रभावित भएका छन्।

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुशार रसुवा भन्सार कार्यालयका १५ जना, उत्तरगया गाउँपालिकाका १३ जना, गोसाइँकुण्ड गाउँपालिकाका चार जना र अध्यागमनतर्फका चार जना कर्मचारी प्रभावित भएका हुन्। यसरी निकायगत विवरणअनुसार प्रभावित कर्मचारीको संख्या ३६ पुगेको छ।

अध्यागमनतर्फ प्रभावित चार जना रहेका छन् । सम्पर्क बिहीन भएका कर्मचारीहरुमध्ये तीन जनाको शव फेला परिसकेको छ। बाँकी कर्मचारीको अवस्थाबारे विवरण संकलन तथा खोजी भइरहेको छ।

उत्तरगयाका १० शिक्षक पनि सम्पर्कविहीन
बाढीले शिक्षा क्षेत्रका जनशक्तिमा समेत क्षति पुर्‍याएको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार उत्तरगया गाउँपालिकाका १० जना शिक्षक सम्पर्कविहीन छन्।

गोसाइँकुण्ड क्षेत्रमा कर्मचारीसँगै उनीहरूका दुई बालबालिका पनि सम्पर्कविहीन रहेको विवरण छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका दुई वडाध्यक्ष र एक उपाध्यक्षसमेत सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

स्थानीय तहको सेवा प्रवाहमा असर
बाढीले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका कार्यालय तथा कर्मचारी आवासमा समेत क्षति पुर्‍याएको छ। आकस्मिक रूपमा बाढी पसेपछि कार्यालय तथा आवासमा रहेका केही कर्मचारी जोखिमपूर्ण अवस्थाबाट जोगिएका छन् ।

कार्यालयका भौतिक संरचना तथा उपकरणमा क्षति पुगेपछि प्रभावित स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि न्यूनतम सामग्रीको व्यवस्था गर्न थालिएको छ। मन्त्रालयले ल्यापटप, डेस्कटपलगायत कार्यालय सञ्चालनका आधारभूत उपकरण उपलब्ध गराएर सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास भइरहेको छ।

नुवाकोटमा ९ हजार ८३८, रसुवामा ३ हजार ९३ कित्ता निजी जग्गा प्रभावित
बाढीबाट निजी जग्गामा पुगेको क्षतिको अवस्था पहिचान गर्न भू–उपग्रह तस्बिरका आधारमा समेत विश्लेषण भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार नुवाकोट जिल्लामा ९ हजार ८३८ कित्ता र रसुवामा ३ हजार ९३ कित्ता निजी जग्गा प्रभावित भएको देखिएको छ। दुवै जिल्लाको संख्या जोड्दा १२ हजार ९३१ कित्ता निजी जग्गा प्रभावित भएको प्रारम्भिक विवरण छ।

यद्यपि भू–उपग्रह तस्बिरमा आधारित यो प्रारम्भिक विवरण भएकाले स्थलगत अध्ययन र थप विश्लेषणपछि क्षतिको वास्तविक अवस्था यकिन हुनेछ।

बाढीबाट प्रभावित कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको अवस्थाबारे विवरण संकलन र खोजी जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको अन्तिम विवरण आउन बाँकी छ।

0 Comments