योगेश भट्टराई भन्छन् -‘एघारौँ महाधिवेशनमा हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन्’
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा आफूहरूले उठाएका मुद्दा चाँडै पार्टी-पंक्तिबाट ‘अनुमोदन’ हुने बताएका छन्। आफूहरूले पार्टीमा राखेका प्रस्तावले राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आम जनसमुदायकै...