६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको उजुरी लिन नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी दर्ता गर्न नमानेपछि पीडितले प्रहरी र सरकारी वकिलविरुद्ध रिट दर्ता गरेकी छन् ।

गत मङ्सिर १३ गते आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याइ राईले उल्टै कान्छीलाई ‘जेठी’ देखाउने गरी मङ्सिर २ को बिहे दर्ताको कागज बनाएपछि हिमालय राईले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकी हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल), महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र त्यहाँका सह–न्यायाधिवक्ता गङ्गाप्रसाद पोखरेललाई मुद्दामा विपक्षी बनाइएको छ ।

राईले अदालतसमक्ष बहुविवाहको जाहेरी दर्ता गरी अनुसन्धान कार्य सुरु गर्न/गराउन ती निकायलाई अन्तरिम आदेश दिन माग गरेकी छन् ।

कसुरदारहरू राजनीतिक व्यक्ति भएको हुँदा राजनीतिक दबाब, प्रभाव र झूठा प्रमाणहरू सृजना गरी मुद्दालाई कमजोर बनाउन सक्ने सम्भावना भएको रिट निवेदनमा पीडितले उल्लेख गरेकी छन् ।

राईले बुधबार दायर गरेको रिटमा, ‘आफूमाथि भएको अन्यायको विरुद्धमा आफूले सकेको प्रमाण जम्मा गरी न्यायको आस गरी विभिन्न प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय जाँदासमेत उपचार नपाएको कारणले गर्दा न्याय पाउने आशा मरेको र बेघर भई साथीभाइ तथा आफन्तहरूको सहारामा बस्नु परेको’ उल्लेख छ ।

पछिल्लो समय चैत ११ मा महानगरीय प्रहरी बौद्ध, १४ गते कालीमाटीस्थित प्रहरी वृत्त महिला सेल १५ गते काठमाडौँ सरकारी वकिल कार्यालयमा महेश राई र ‘जेठी’ बनाइएकी ‘कान्छी’ श्रीमती माया राईविरुद्ध बहुविवाहको उजुरी लिएर जाँदा दर्ता गर्न नमानेको र आफूहरूको कुरा कसैले नसुनेको पीडितको गुनासो छ ।

महेशले हिमालयलाई गत मङ्सिर १३ गते राई सम्प्रदायको परम्पराअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बुढानीलकण्ठ–१० कपनस्थित घरमा बस्दै आएकोमा भोजपुरको हतुवा गढी–४ की ४५ वर्षीया माया राईले फागुन १६ मा आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको हिमालयको भनाइ छ । माया नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।

जेठी श्रीमतीको मृत्युपछि महेशले आफूलाई विवाह गरेर जेठीपट्टिकी छोरीसँग कपनमा राख्दै आएको भए पनि विवाह दर्ता प्रमाणपत्र नगरेको मौकामा आफूलाई निकालेर मायालाई भित्र्याउन खोजेको आरोप हिमालयको छ ।

प्रतिक्रिया दिनुहोस