२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

अ+ अ-

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा ६ र उपप्रमुखमा नौ महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखमा तीन र घोराही उपमहानगरपालिकाको प्रमुखमा तीन महिलाले उम्मेदवारी दिएका छन् ।

तुलसीपुरको उपप्रमुखमा चार र घोराहीको उपप्रमुखमा पाँच महिला उपप्रमुखमा प्रतिस्पर्धा गर्दै छन् ।

तुलसीपुरमा नगर प्रमुखमा जगधनी चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, जया घर्तीमगर मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी र प्रभा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरको उपप्रमुखमा नेकपा(एमाले)बाट स्यानी चौधरी, नेकपा ९माओवादी केन्द्रबाट० मनकुमारी महत, जनता समाजवादीबाट धनसरा विक र नेकपा (माक्सवादी लेनिनवादी)बाट फग्री चौधरी चुनावी प्रतिस्पर्धामा छन्
। तुलसीपुर नगरको प्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा नौ जना छन् ।

यस्तै घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरिता देवकोटा, मङ्गोल नेशनल अर्गनाइजेसनबाट कल्पना चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरी चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

उपप्रमुखमा एमालेबाट हुमा डिसी, एकीकृत समाजवादीबाट शोभाकुमारी शाह, विवेकशील साझा पार्टीबाट लक्ष्मी जिएम, नेकपा (माक्सवादी)बाट राधिका क्षेत्री र स्वतन्त्रबाट वसन्ताकुमारी भट्टराई चुनावी मैदानमा छन् । सो पालिकामा नगरप्रमुखमा १५ र उपप्रमुखमा आठ जनाको मनोनयन दर्ता भएको छ ।

दुवै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले महिलालाई उम्मेदवार बनाएका छैनन् भने नेकपा एमालेले दुवै उपमहानगरपालिकामा उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ ।

उन्नाइस वडा रहेको तुलसीपुर उपमहानगरमा पाँच दलीय गठबन्धन र नेकपा एमालेले महिलालाई वडाध्यक्षमा उठाएको छैन ।

समाजवादी पार्टीले वडा नं ६ बाट गीता देवकोटालाई, राष्ट्रिय जनमुक्ति पार्टीले वडा नं ४ बाट लीला पहाडीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं १४ बाट जानका पोख्रेललाई वडाध्यक्षमा उठाएको छ ।