२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा झन्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

अ+ अ-

महेन्द्रनगर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए ।

‘मतदान स्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्’, उनले भने, “’त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ ।’

उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिए । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौ वटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

प्रजिअ पाण्डेका अनुसार कञ्चनपुरका नौ वटै पालिकामा गरेर दुई हजार ८०० देखि तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी निर्वाचनमा खटिने छन् ।

प्रमुख जिल्लाअधिकारीसहित सुरक्षा प्रमुखले बिहीबार यहाँको दक्षिण क्षेत्रमा रहेको मतदान केन्द्र र स्थलको अनुगमन गर्ने कार्यक्रम छ ।

त्यसै गरी केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इण्डो नेपाल समन्वयात्मक बैठक गरेर निर्वाचनको ४८ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्न भारतीय पक्षसँग समन्वय गरिसकेको छ ।

भारतीय पक्षबाट पनि नेपालको स्थानीय तहको निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नमा सहयोग रहने जनाएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिने भएको छ ।

यहाँ निर्वाचनका लागि ३४१ मतदान र सहायक मतदान अधिकृतलाई महेन्द्रनगरमा शुक्रबार र शनिबार दुई चरणमा तालिम दिने जनाएको छ ।

त्यसै गरी कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँ आएको मतपत्रहरु मिलाउने काम भइरहेको बताए । ‘तीन लाख १४ हजार मतपत्र आएको थियो, तीमध्ये तीन लाख जति मिलाइसक्यौँ’, उनले भने, ‘मतदान अधिकृत पनि जिल्लाभरि खटाउने गृहकार्य भइरहेको छ ।’

निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् ।