१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाली नोट कारोबारी पक्राउ गर्दा स्थानीयको अवरोध, प्रहरीले खोल्यो हवाई फायर

अ+ अ-

काठमाडौँ । रौतहटमा जाली नोट र अवैध हतियार बरामद गर्ने क्रममा प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ। रौतहट प्रहरीले जाली नोटसहित एक थान पेस्तोल बरामद गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि हवाई फायर गर्नुपरेको हो। 

प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरी टोलीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरेको थियो। उक्त घटनामा २ जना म्यादी प्रहरीसहित ६ जना प्रहरी घाइते भएका छन्।  हतियार र जाली नोटसहित प्रहरीले ६ जनालाई पक्राउ समेत गरेको छ। 

जिल्लाको मौलापुर नगरपालिका वडानं ८ बाट प्रहरीले विशेष सूचनाका आधारमा एक थान नलकटुवा पेस्तोलसहित छ जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाली नोटको कारोबार गर्नेहरूलाई पक्राउ गरेको हो। शुक्रबार साँझ प्रहरीले मौलापुर ७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साहको घरमा लुकाई राखेको कटुवा पेस्तोल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए। प्रहरीले नेपाली नक्कली नोट १ हजार दरको ८७ थान समेत बरामद गरेको थियो। 

प्रहरीले बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ बस्ने २५ वर्षका सोनु भन्ने आनन्द कुश्वाहा, सोही स्थानका ४५ बर्सिया प्रतिमा देवी कुश्वाहा, २२ बर्सिया अमृता कुमारी, १९ वर्षीय बृज किशोर मुखिया प्रका रौतहट मौलापुर नपा वडा नं.७ बस्ने वर्ष २३ को राजाराम साहलाई पक्राउ गरेको छ। त्यस्तै रौतहटकै देवानी गोनाही नगरपालिका  वडा नं.६ बस्ने धिरज प्रसाद रुजैसवाललाई पनि प्रहरीले पक्राउ गरेको हो।