काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका हुन्।
‘भोलि विश्वासको मत लिँदै हुनुहुन्छ प्रधानमन्त्री जीले, म ढुक्क छु उहाँले प्राप्त गर्नुहुनेछ,’ उनले भने, ‘आजै पनि म उहाँलाई बधाई दिन चाहन्छु। सरकारलाई बधाई दिन चाहन्छु। र चुनौती छन् भन्ने पनि स्मरण गराउन पनि चाहन्छु। सहज परिस्थिति छैन।’
देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनाव अघि नै गरेको पनि उनले बताए। यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताए।