काठमाडौँ । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् ।
खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छ दै सेमिफाइनलमा पुगेको छ ।
मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो ।
नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अंक छ ।
पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । भारतले पनि किर्गिस्तान र बङ्गलादेशलाई हरायो ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बङ्गलादेश र किर्गिस्तान छन् ।
त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन्।