२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरु भयो इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल

अ+ अ-

काठमाडौँ । दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ ।

इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार मृत्यु भएको १० जनाको शव नेपाल फिर्ता ल्याउनका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाइको छ ।

दूतावासले जनाएअनुसार चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ । साथै, सम्पर्क विहीन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको दूतावासले जनाएको छ ।

हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु भइसकेको छ । ती क्षेत्रबाट इजरायली सेनाले ३२ जना नेपाली विद्यार्थीको उद्धार गरेको छ । दूतावासले हाल केही विद्यार्थीहरूको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका जनाएको छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि अनलाइन रजिस्ट्रेसन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको दूतावासले जानकारी दिएको छ ।

इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयतता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न समेत दूतावासले अनुरोध गरेको छ ।