७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले गर्‍यो रुकुम पश्चिममा अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन

अ+ अ-

काठमाडौँ । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाको सिङ्गो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रूपान्तरण गरिएको माओवादी रुकुम पश्चिमले जनाएको छ ।

अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ । त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ ।

पश्चिम रुकुमको सिङ्गो माओवादी पार्टी बिहानैदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिएको र ३ हजार सदस्यीय स्वयंसेवक दल गठन गरी जिल्लास्तरीय कमाण्ड पूर्वमन्त्रीसमेत रहेका जनार्दन शर्माले गरेको बताइएको छ ।

माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा बाग्मती प्रदेशका इन्चार्जको जिम्मेवारीमा छन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएको बताएका छन् ।

पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता-कार्यकर्ताहरु पनि खटिएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस