काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।
रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रिय सभामा एमालेलाई समेट्ने प्रधानमन्त्री ‘प्रचण्ड’ को प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ । ओलीले आजै पार्टीको सचिवालय बैठक पनि राखेका छन् ।