काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरूको अनियमितताबारे खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका मन्त्री अर्यालले शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘कुन नेताले कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् ।’ उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले पहल नगरेको बताए ।
मन्त्री अर्यालले कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? प्रश्न गदै भने, ‘आजसम्म यो देशमा सहकारीको समस्या समाधानका लागि कुन चाहिँ राजनीतिक दलले के गर्यो ? कुनचाहिँ राजनीतिक दलले आज सदनमा समाधानको उपाय बोल्यो रु होइन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी । तपाईँहरू जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूप्रति कुरा गरिरहनुभएको छ । एकपटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ । ती सहकारीको अवस्था के छ र तपाईँले के गर्नुभयो आजसम्म ?’







