२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा महामन्त्रीबारे अनुशासन समितिले प्रतिवेदन बुझायो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन समितिले महामन्त्री डा. मुकुल ढकालमाथि कारबाहीका विषयमा आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ । हिजो बसेको सचिवालय बैठकमा अनुशासन समितिका संयोजक डा. भरत देवकोटाले प्रतिवेदन बुझाएका हुन् ।

गत मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले अनुशासन उल्लंघनको आरोपमा महामन्त्री डा. ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय लिएको थियो । त्यसअघि नै अनुशासन समितिले उनलाई ७ दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको म्याद समाप्त भइसकेको छ भने निलम्बनको म्याद भोलि समाप्त हुँदैछ ।

महामन्त्री ढकालले अनुशासन समितिलाई स्पष्टीकरण बुझाएनन् । उनले केन्द्रीय समिति बैठकमै एउटा प्रस्ताव पेश गरेका थिए, जसमा आफूमाथि सोधिएको स्पष्टीकरणको सन्दर्भ पनि उल्लेख थियो । तर, पार्टीले उक्त प्रस्तावलाई छलफलमै लगेन । पछि महामन्त्री ढकालले त्यही प्रस्ताव पार्टी कार्यालयमा दर्ता गराएका छन् र अनुशासन समितिलाई बोधार्थ पठाएका छन् । समितिले यसलाई स्पष्टीकरणको जवाफका रूपमा स्वीकार गरेको छ ।