काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) मा पनि उपकुलपति नियुक्तिका लागि खुला आवेदन माग गरिने भएको छ । उपकुलपति छनोट गर्न गठित समितिले उपकुलपति नियुक्तिका लागि आवेदन खुला गर्न कार्यविधि बनाइरहेको छ ।
अरू विश्वविद्यालयमा पनि खुला आह्वान गरिएकाले केयूले पनि सोही विधि अपनाउन लागेको हो । यसअघि केयूमा सिधै नाम सिफारिस गर्ने गरिएको थियो ।
६ माघदेखि हालका उपकुलपति प्रा. डा. भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।
समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । समिति २९ मंसिरमा बनाइएको थियो।







