काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।
बुधबार उच्च अदालत पाटनले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशसँगै उनी आज कार्यालय पुगेका हुन् ।
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।







