काठमाडौँ । अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेको बताएका हुन् ।
सामाजिक सञ्जाल मार्फत ट्रम्पले दिएको जानकारी अनुसार अमेरिकाले फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको बताए ।
उनले सामाजिक सञ्जाल ट्रुथमा भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र इस्फहान सहित इरानका तीन आणविक केन्द्रहरूमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौँ। सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन्,’
फोर्डोमा बम खसालिएको उल्लेख गर्दै उनले आफ्ना सबै विमानहरू आक्रमणपछि सकुशल फर्किएको भन्दै सफल आक्रमणका लागि अमेरिकी सेनालाई बधाई दिएका छन् ।
इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ। यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।







