२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी

अ+ अ-

एएफपी । इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिइएको छ । पीडित परिवारको आग्रह र घटनाले समाजमा पारेको गहिरो भावनात्मक असरका कारण मृत्युदण्ड खुला स्थानमा कार्यान्वयन गरिएको न्यायपालिकाले जनाएको छ ।

दोषी पुरुषले उत्तर-पश्चिमी इरानको बुकान शहरकी एक बालिकालाई बलात्कार गरी हत्या गरेका थिए । पीडित परिवार न्यायिक प्रक्रिया भरि संलग्न रहँदै आएको र अन्ततः सार्वजनिक रूपमा सजाय कार्यान्वयन गरियोस् भन्ने माग गरेका थिए ।

प्रान्तीय न्यायाधीश नासेर अताबातीले भने, “घटनाले जनतामा गहिरो आक्रोश र भावनात्मक प्रतिक्रिया उत्पन्न गरेकोले मृत्युदण्डलाई सार्वजनिक रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो ।”

यस घटनामा दोषीलाई मार्च महिनामा मृत्युदण्ड सुनाइएको थियो र पछि इस्लामी गणतन्त्र इरानको सर्वोच्च अदालतले पनि सो फैसला सदर गरेको थियो ।

इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको प्रावधान रहेको छ । यस्ता सार्वजनिक फाँसी झुन्ड्याएर दिइने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्र गरिन्छ ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, इरान चीनपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने राष्ट्र हो ।