२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया बगान बाहेक श्रमिकलाई नयाँ न्यूनतम पारिश्रमिक तोकियो

अ+ अ-

काठमाडौँ। नेपाल सरकारले चिया बगान बाहेक श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो नयाँ व्यवस्था १ साउन २०८२ देखि लागु भएको जनाएको छ ।

मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ बमोजिम नयाँ पारिश्रमिक निर्धारण गरेको हो । अब श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । जसमा १२ हजार १ सय ७० रुपैयाँ आधारभूत पारिश्रमिक र ७ हजार ३ सय ८० रुपैयाँ महँगी भत्ता समावेश छ ।

त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि न्यूनतम ७ सय ५४ रुपैयाँ तोकिएको छ । जसमा ४ सय ७० आधारभूत पारिश्रमिक र २ सय ८४ महँगी भत्ता छ । प्रतिघण्टा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १ सय १ रुपैयाँ निर्धारण गरिएको छ, जसमा ६३ आधारभूत पारिश्रमिक र ३८ महँगी भत्ता हो । आंशिक समय काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक भने १ सय ७ रुपैयाँ तोकिएको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार पारिश्रमिक निर्धारण श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनमा आधारित रहेको निर्धारण गरिएको हो । साथै, श्रमिकले पाउने सञ्चय कोष र उपदान लगायत सुविधा अनिवार्य रूपमा हुनुपर्ने छ ।

स्थानीय सरकार वा अन्य कुनै निकायले आफ्नो क्षेत्रमा पारिश्रमिक निर्धारण गर्दा यो सूचनामा तोकिएभन्दा कम नहुने गरी गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम हुने गरी कुनै पनि रोजगार सम्झौता गर्न पाइने छैन ।

यो नयाँ व्यवस्था लागु भएसँगै ३२ साउन २०८० मा प्रकाशित चिया बगान बाहेक मजदुरको न्यूनतम पारिश्रमिक सम्बन्धी पुरानो सूचना खारेज गरिएको छ ।