२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी गर्ने ८ जना पक्राउ

अ+ अ-

काठमाडौँ। रोजगारी दिलाइदिन्छु भन्दै युवायुवतीलाई ठगी गर्ने गिरोह पक्राउ परेको छ ।

वीरेन्द्रनगर-३ स्थित स्काई ड्रिम इन्टरप्रेनर्स र ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीमार्फत वार्षिक २० हजार असुली युवालाई नेटवर्किङमा संलग्न गराई प्रति सदस्य ५० हजारदेखि २ लाख ६० हजारसम्म असुली करोडौँ ठगी गर्ने गिरोह पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती कम्पनीहरूले विभिन्न जिल्लाका बेरोजगार युवायुवतीलाई राम्रो तलबसहितको रोजगारी दिने भन्दै वार्षिक २० हजार रुपैयाँ असुली खाना, बस्न र कोठा व्यवस्था गर्दै नेटवर्किङ मार्केटिङमा संलग्न गराउने गर्थे ।

त्यसै माध्यमबाट नयाँ सदस्यहरूलाई जोड्न लगाई प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म रकम असुली करोडौँ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले कम्पनी सञ्चालक र कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमा डोटी सायल गाउँपालिका-२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुला महाकाली गाउँपालिका-४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका-६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रवीन्द्र शाही, कञ्चनपुर महाकाली नगरपालिका-२ की २२ वर्षीया मनीषा सिंह, बेल्डाडी गाउँपालिका-१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका-६ की २२ वर्षीया सुनिता साउद, र डोटी बडिकेदार गाउँपालिका-४ की २२ वर्षीया कमला चिमाला छन् ।

ठगीको उजुरीपछि प्रहरीले आवश्यक अनुसन्धान थालेको छ । आरोप पुष्टि भएमा उनीहरूलाई कानूनबमोजिम कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।