२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्र बानियाले आज विश्वासको मत लिदै, १४ सांसद लिएर बहादुर काठमाडौँमा

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । उनले अपराह्न ४ ०० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

तर, निवर्तमान मुख्यमन्त्री बहादुर लामा पक्षले आफ्नो अडान नछाड्दा मुख्यमन्त्री बानियाँ अप्ठ्यारोमा परेका छन् । लामासहित काँग्रेसका १४ सांसद यतिबेला काठमाडौँमै छन् ।

लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउनुपर्ने अडान राखेका छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा बानियाँले तीन मन्त्रीको शपथ गराउने बताएपछि लामाले राजीनामा दिएका थिए ।

तर, बानियाँले सहमति कार्यान्वयन नगरेपछि लामा समूह रुष्ट छ । लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । लामाले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

बानियाँले सहमति लत्त्याएको भन्दै सभापति देउवाको निर्देशन समेत नमानी लामा समूह अहिलेसम्म काठमाडौँमै छ । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भए पनि आफूहरू काठमाडौंमा रहेको लामा समूहका एक सांसदले बताए ।