काठमाडौँ । एकीकृत समाजवादी निकट युवा संघमा समानान्तर कमिटी घोषणा गर्ने संञ्जिव राईसँग प्रस्टीकरण सोधेको छ।
युवासंघ अध्यक्ष विकल केसीले मंगलबार राईलाई संगठनको अनुशासन विपरीत काम गरेको भन्दै तीन दिनभित्र प्रस्टीकरण दिन भनेका हुन्।
युवा संघका लक्ष्मण केसीले कार्यदलको सिफारिस अनुसार युवा संघ नेपाल, नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी साउन २७ गते घोषणा गरी सर्कुलर जारी गरेका थिए।
उक्त कमिटीमा सहसंयोजक रहेका राईले भदौ १ गते समानान्तर कमिटी घोषणा गरेपछि तीन दिनभित्र जवाफ दिन भनिएको हो।
प्रस्टीकरण पत्रमा भनिएको छ, ‘युवा संघ नेपालको विधान, स्थापित विधि तथा प्रक्रिया विपरीत अनधिकृत रूपमा कमिटी गठन गरिएको भनी युवा संघ नेपालको लोगो, छाप तथा झण्डा दुरुपयोग गरी के कति कारणले अराजनीतिक क्रिया गर्नु भएको होरु सो को आधार कारण सहित ३ ९तीन० दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नु होला ।’
तोकिएको मितिमा लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण संघको विधान, स्थापित विधि तथा प्रक्रिया विपरीत नभएमा कारबाही गर्ने चेतावनी केसीले दिएका छन्।
समानान्तर कमिटीमा सम्मानित नेता झलनाथ खनालका छोरा निर्भीकलाई उपाध्यक्ष बनाइएको छ। सम्मानित नेता खनालकै निर्देशनमा समानान्तर कमिटी बनाइएको हो।







