२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीसँग एकतामा नजाने र विशेष महाधिवेशनको माग गर्ने नेकपा एसका असन्तुष्ट नेताहरूको निचोड

अ+ अ-

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले माओवादीसँग एकता गरिहालेमा आफूहरू त्यसमा सहभागी नहुने निष्कर्षमा अर्को पक्षका नेता पुगेका छन् ।

सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग निकट केन्द्रीय नेताले आइतबार शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा अलग्गै छलफल कार्यक्रम आयोजना गरेका थिए ।

पार्टीले सञ्चालन गरेको ‘सुशासन र रोजगारी समाजवादको तयारी’ शीर्षकको आन्दोलन कार्यक्रमका सचिवसमेत रहेका पूर्वमन्त्री जीवनराम श्रेष्ठ उक्त भेलाका सूत्रधार थिए । उनैले ‘माओवादीसँग एकता हुन लागेको बेला एकताको वार्तामा सहभागी नभएका साथीहरूको धारणा के हो ?’ भन्ने मुख्य शीर्षकमा छलफल गर्नका निम्ति नेताहरूलाई बोलाएको सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् ।

आन्दोलनद्वारा पार्टी निर्माणको अभियानमा जाने, ‘सुशासन र रोजगारी’ का नारा बोक्ने, तर पार्टीको अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागिदिँदा आन्दोलनको बेहाल भएको नेता श्रेष्ठले छलफलमा सहभागी नेताले बताए ।

श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आन्दोलनको त कुरै नगरौँ, पार्टीका सम्पूर्ण गतिविधि ठप्प छ, त्यसमाथि भ्रष्टाचार मुद्दा लाग्दासमेत अध्यक्षले उक्त मुद्दाको सुनुवाईसम्मका लागि भए पनि जिम्मेवारी मुक्त हुनुपर्नेमा छोड्नुभएको छैन, बरु भित्रभित्रै माओवादीमा लगेर पार्टी बुझाउने हल्ला सुनिन्छ ।’

भेलाका सहभागी स्थायी कमिटी सदस्य डा. विजय पौडेल, पोलिटब्युरो सदस्य रामकुमारी झाँक्री, धर्मराज निरौलाले विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने पक्षमा आफ्ना कुरा राखेका थिए । उनीहरूले भ्रष्टाचार मुद्दा लागेको अध्यक्ष रहेसम्म जनताबीच जान समस्या भएको भन्दै विशेष महाधिवेशनबाट नयाँ म्याण्डेटसहितको केन्द्रीय कमिटी निर्वाचित हुनुपर्ने धारणा राखेका हुन् ।

उनीहरूले १०औँ महाधिवेशन कर्मकाण्डी र अध्यक्ष नेपालले केन्द्रीय पदाधिकारी र सिंगो कमिटीलाई आफू पक्षका व्यक्तिको भर्ती केन्द्र बनाएको आरोप लगाए ।

‘अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ जना केन्द्रीय सदस्यलाई हलबाट अनुमोदन गर्ने, ती ९३ जनाले छानेर पूर्ण केन्द्रीय सदस्य बनाउने र त्यसरी छानिएका केन्द्रीय सदस्यका बीचबाट पदाधिकारीको चुनाव गराउने जादुगरी शैलीको कर्मकाण्ड हामीलाई स्वीकार्य छैन, त्यसैले विशेष महाधिवेशन हुनुपर्छ’, सहभागी एक नेताको भनाइ थियो ।

पार्टी एकता, आन्दोलन र पार्टी निर्माणका एजेण्डामा संस्थागत छलफल नहुनु विसर्जनउन्मुख स्थिति भन्दै सहभागी नेताले यदि माओवादी केन्द्र वा कोहीसँग पार्टी एकता गरेमा त्यसलाई स्वीकार नगर्ने साझा निष्कर्ष निकालेका छन् । स्रोतका अनुसार, यदि अध्यक्ष नेपालले माओवादीसँग एकताको औपचारिक प्रस्ताव ल्याए पनि त्यसमा सहभागी नभई एकीकृत समाजवादीलाई नै अगाडि बढाउने उनीहरूको भनाइ थियो ।

बोलाएको बैठकसमेत सारेर अध्यक्ष नेपालले निरंकूशता प्रदर्शन गरेको उनीहरूको भनाइ थियो । भदौ ४ गते स्थायी, ५ गते पोलिटब्युरो र ८ गते केन्द्रीय कमिटी बैठकको सूचना जारी भएको थियो । त्यस्तो सूचना जारी हुनासाथ युवा संघको समानान्तर केन्द्रीय कमिटी गठन भयो । त्यसपछि बैठक सारेर भदौ अन्तिम साता पुर्‍याइएको छ ।

आइतबारको छलफलका सहभागीले भदौ अन्तिम साता पनि बैठक बस्ने सम्भावनाप्रति शंका व्यक्त गरेका छन् । स्रोतका अनुसार बैठक नबसी माओवादीसँग पार्टी मिलाउने खतरा रहेको उनीहरूको आशंका छ ।