२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्खु कारागारबाट फरारमध्ये २०६ कैदी बन्दी फिर्ता

अ+ अ-

ललितपुर । जेन जेड पुस्ताको आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नक्खु कारागारबाट फरार भएका कैदी बन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदी बन्दी हालसम्म आत्मसमर्पण गरेको नक्खु कारागार प्रशासनले जानकारी दिएको छ । कारागार प्रशासनले सम्पूर्ण फरार कैदी बन्दीलाई उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न सार्वजनिक अपिल गरेपछि उनीहरू सम्पर्कमा आएका हुन् ।

नक्खु कारागारमा रहेका तीन ब्लकमा जम्मा एक हजार २८१ कैदी बन्दीमध्ये हालसम्म २०६ जना फर्किसकेका र केही  सम्पर्कमा आइसकेको कारागार प्रशासनका सूचना अधिकारी मुरारी कार्कीले जानकारी दिए । कारागार प्रशासनले फरार सबैलाई कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

साथै सम्पर्कमा नआएका कैदी बन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सम्पर्कमा आउनेको हकहितको रक्षा गर्दै पुन:स्थापना प्रक्रियामा आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।