२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवको प्रयासले जलेर नष्ट हुनबाट बच्यो मन्त्रालय, आधा सम्पत्ति सुरक्षित

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगलागीको प्रयास भए पनि मन्त्रालय र महत्त्वपूर्ण कागजात जलेर नष्ट हुनबाट जोगाइएको छ । मन्त्रालयका कानुन उपसचिव आमोद किशोर दाहालले यसमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

भदौ २४ गते आन्दोलनमा सहभागी केही समूहले मन्त्रालयमा तोडफोड र आगजनी गर्न खोजेका थिए । उपसचिव दाहालले जनताको सम्पत्ति जोगाउने उद्देश्यसहित ती समूहलाई सम्झाउने प्रयास गरे, तर केही प्रदर्शनकारीले सुनेनन् । आन्दोलनमा केही कम उमेरका विद्यार्थीहरू पनि सहभागी थिए ।

उपसचिव दाहालका अनुसार करिब ३० प्रतिशत प्रदर्शनकारी हातहतियारसहित आएका थिए । उनी एक्लैले ठूलो समूह नियन्त्रण गर्न खोज्दा, अर्को समूह मन्त्रालयमा तोडफोड गर्न थाले । तथापि, लेखा शाखा कर्मचारी उमेश जोशी र सवारी चालक डम्बर थापाले पनि आगलागी रोक्न सहयोग गरेका थिए ।

दाहालले मन्त्रालयका अन्य कर्मचारी आन्दोलनको हुल देखेर सुरक्षित स्थानतर्फ सरेको र सुरक्षाकर्मीहरू आफ्नो कोठामा गएर सुरक्षा सुनिश्चित गर्न नसकेको बताए ।  जेन जेडको आन्दोलनको नाममा घुसपैठ भएको उनले बताए । आन्दोलनमा होमिएका आन्दोलनकारीलाई आफूले रोक्ने प्रयास गरेको र अर्को समूहले मन्त्रालयमा क्षति पुर्‍याएको उनले बताए । 

दाहालले दिएको जानकारी अनुसार मन्त्रालयका कुनै कागजात जलेका छैनन् र आधा सम्पत्ति सुरक्षित छ । अन्य मन्त्रालयको तुलनामा यहाँ क्षति कम भएको छ । उनले भने, “यदि सबै सरकारी कर्मचारी अघि बसेर रोक्ने प्रयास गर्थे भने सम्पूर्ण सामग्री जलेको हुन्थेन ।”

उपसचिव दाहालको सक्रिय प्रयासले मन्त्रालय र महत्त्वपूर्ण सरकारी सम्पत्ति जलेर नष्ट हुनबाट जोगिएको छ ।