२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशीले देश कब्जा गर्न सक्ने भन्दै धरान पुगेर रोए हर्क साम्पाङ

अ+ अ-

काठमाडौँ । नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् ।

जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मेयर साम्पाङ भावुक भएर चिन्ता जताउँदै रोइरहेको देखिन्छ ।

‘विदेशीले यतिखेर टेकओभर गर्न सक्ने सम्भावना छ, के गर्ने ? सबै नेताहरू भागाभाग, रक्ताम्मे, कोही बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के, तहसनहस, पार्टीको कार्यालय तहसनहस, को आउने त, को शक्ति आउने त त्यहाँ ? कोही छैन, कसले गरेको, कसरी गरेको भन्ने बारेमा कसैलाई थाहा पनि छैन ?,’ उनले भनेका छन् ।

मानिसहरूले आफूलाई नेतृत्व लिन आग्रह गरेपछि अघि सरेको उनको तर्क छ ।

आफूले हिम्मत नहारेको बताउँदै उनले भने, ‘तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने लागोस् भनेर त्यो उसमा निस्केँ ।’

आफू अघि सर्दा अरू लुकेर बसेको भन्दै उनले मुलुक बचाउन बलिरहेको आगोमा हाम फालेको बताए ।

मानिसहरूको प्रस्ताव अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउँदै साम्पाङ भदौ २५ गते काठमाडौँ आएका थिए ।