२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश भ्रमणमा कडाइ : तालिम-गोष्ठी अनलाइनमै सीमित गर्ने, सरकार प्रमुख प्रतिनिधिमण्डलमा पनि १० जना मात्र

अ+ अ-

काठमाडौँ । सरकारले खर्च कटौती र मितव्ययी प्रशासनिक व्यवस्था गर्ने उद्देश्यले तालिम, गोष्ठी तथा विदेश भ्रमणसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ ।

नयाँ निर्णयअनुसार अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्न पाइनेछैन । सञ्चालन गर्नै पर्ने अवस्थामा सरकारी हलमै गर्ने वा सम्भव भएसम्म अनलाइनमार्फतै तालिम र गोष्ठी गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान तथा नियामक निकायहरूको खर्चमा हुने विदेश भ्रमणमा समेत कडाइ गरिएको छ । अब अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक लगाइनेछ । नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगमार्फत सम्भव भएमा त्यही नियोगलाई नै अख्तियारी दिइने व्यवस्था मिलाइएको छ ।

यसैगरी, सरकारले अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा भाग लिने प्रतिनिधिमण्डलको संख्यामा पनि सीमा तोकेको छ । राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा अनिवार्य सहभागी हुनुपर्ने प्रतिनिधिमण्डलमा बढीमा १० जना मात्र रहनेछन् भने नेपाल सरकारको स्रोतबाट सहभागी हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना सदस्य मात्रै रहनेछन् ।

सरकारको भनाइअनुसार, नयाँ व्यवस्थाले अनावश्यक खर्च रोकथाम हुने, प्रशासनिक संरचना चुस्त–दुरुस्त हुने र सार्वजनिक स्रोतको दिगोपनामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।