२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्कालीन उद्धारमा निरन्तर फिल्डमै प्रजिअ अर्याल

अ+ अ-

काठमाडौँ । सडक मार्गमा समस्यामा परेका यात्रुको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहेका छन्।  

जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न अर्याल व्यस्त देखिएका हुन्।

जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गर्नुका साथ खाना, पानी तथा औषधिको व्यवस्था गर्ने तथा छिमेकी जिल्लाका आफ्ना समकक्षीसँग समन्वय गरी यातायात तथा यात्रुको व्यवस्थापन गर्ने काममा प्रमुख जिल्ला अधिकारी अर्याल अहोरात्र खटिरहेका छन् ।  

सडक तथा यातायात, अस्पताल, होटेल व्यवस्थापकलगायत सरोकार भएका निकाय तथा अधिकारीसँगको सहयोग र सहकार्यमा यात्रुलाई यथाशक्य राहत दिन प्रयास गरिएको उनले बताए ।

यसै सन्दर्भमा नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेर लामो समयसम्म अलपत्र परेका यात्रुलाई स्थानीय सामाजिक तथा व्यावसायिक संघसंस्थासँग समन्वय गरी खाना, पानी र औषधि उपचारको व्यवस्था गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी अर्याल बताए।

सडकमा गाडी रोकिएपछि बजारको अभावमा पिउने पानी र खानाको अभाव यात्रुले झेल्नुपरेको जानकारी पाउनासाथ खाना, पानी र औषधिको व्यवस्था गरिएको उनले स्पष्ट गरे।   

पहिरोका कारण सडकमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई पानी बढ्दै गर्दा देखिएका प्रजिअ अर्याल गत शुक्रवारदेखिको वर्षाका कारण भएको विपद् व्यवस्थापनका क्रममा निरन्तर फिल्डमा छन् ।  

गत साता तुइन खोलाको पहिरो हटाउन र यात्रुलाई राहत दिन अहोरात्र फिल्डमै खटिनुभएका अर्यालले भने, “यसैबीच एक दिन सबै व्यवस्था मिलाउँदै जाँदा रातिको १२:०० बजे छ ।  त्यहीँ खाना खाएर सडकका कर्मचारीलाई उत्प्रेरणा दिन रातभर तुइनखोलामै बसेँ । स्वयम् म आफैँ त्यहाँ उपस्थित भएपछि सडकका कर्मचारी साथीलाई ऊर्जा मिल्यो, निरन्तर पहिरो आइरहे पनि सडक तथा यातायात व्यवस्थापन गर्न सफल भयौँ ।” 

पहिरो पन्छाउने उपकरण जुटाउनेदेखि इन्धन हाल्ने, विद्युत्को व्यवस्थालगायत काममा प्रमुख जिल्ला अधिकारी अर्याल खटिरहेको देखिए । मुग्लिनबाट तनहुँ हुँदै तुइन खोला वारीसम्म आएका यात्रुलाई नेपाल प्रहरीको बसमार्फत भरतपुरसम्म नि:शुल्क ल्याउन उनले अगुवाइ गरेका छन्। त्यसो त अलपत्र परेका यात्रुलाई व्यवसायीको सहकार्यमा खाना र पानी मात्रै होइन, चिकित्सक र औषधिसमेतको व्यवस्था गरिएका छन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, जिल्ला जनस्वास्थ्य कार्यालय र मुग्लिनतर्फ इच्छाकामना गाउँपालिकाको सहयोगमा औषधोपचारको व्यवस्था उनले गरेका छन् । उनले भने, “पाँच ठाउँमा क्याम्प गरेर अलपत्र यात्रुको स्वास्थ्योपचार गर्‍यौँ ।”

प्रमुख जिल्ला अधिकारी जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग आफैँ फिल्डमा खटिएकाले सोचेभन्दा छिटो सडक खुलाउन सफल भएको सर्वसाधारण बताए । तुइन खोलाको पहिरो पन्छाउन सक्दा नसक्दै आएको अविरल वर्षातले जिल्लामा समस्या थपिए । ती समस्याको समाधानमा अर्याल प्रत्यक्ष रूपमा लालेका छन् ।

अर्यालका अनुसार अन्यत्र सडक बन्द भइरहँदा यहाँका सडक सञ्चालनमा थिए । उनकै पहलमा तनहुँ र धादिङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा कुरिनटारमा बैठक बसेर राजमार्ग व्यवस्थापनको काम भएको छ । पहिरो गएको स्थानमा सवारीसाधन रोकिँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानको खोजी गरी सवारीसाधन रोक्ने व्यवस्था मिलाइएको थियो । अर्यालका अनुसार पहिरोको जोखिम उच्च नभएसम्म सवारीसाधन सञ्चालन गरेर यात्रुलाई सहजीकरण गरिएको छ ।  

शनिबार रातको समयमा सडक बन्द गरेपछि अलपत्र परेका यात्रुलाई प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय होटलमा ७५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । उनका अनुसार होटेल व्यवसायी संघ चितवन र क्षेत्रीय होटेल संघको उपस्थितिमा बैठक बसेर यो व्यवस्थापन गरिएको हो ।

आज बिहान मात्रै भरतपुर विमानस्थलमा अलपत्र परेका यात्रुलाई अर्यालले व्यवसायीसँग समन्वय गरी बसको व्यवस्था मिलाएर गन्तव्यतर्फ पठाएका छन् । उनले भने, “गुनासो आएपछि म विमानस्थल पुगेँ, धेरैलाई जानै पर्ने बाध्यता देखियो, विमानमा सम्भव नभएपछि बस खोजेर उहाँहरू आफैले भाडा तिर्ने गरी काठमाडौँ पठाउन सुरु गरेका छौँ ।”

अर्यालले विपद्को यो समयमा कुनै समस्या भएमा चितवनस्थित प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीलाई सोझै सम्पर्क गर्न आग्रह गर्दै विपद्को समयमा सेवा गर्ने अवसर दिन सम्बद्ध सबैसँग अनुरोध गरेका छन् ।

उनले भने, “समग्रमा नागरिकलाई दुःख पर्दा राज्य छ है, मर्नु पर्दैन भन्ने अनुभूति दिने गरी काम गर्‍यौँ, राहत उद्धार एवं सहयोगपछि भुक्तभोगीजनबाट स्व:स्फूर्त रूपमा व्यक्त वाणीले आफूलाई काम गर्न थप हौसला मिलेको छ । प्रमुख जिल्ला अधिकारीका हैसियतले यसरी जनताको सेवा गर्न पाउँदा खुसी छु, सेवाग्राही एवं आमजनताकै पक्षमा काम गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।”