काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेश गर्ने तयारी छ ।
सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् ।
केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सक्नेछन् ।
विशेष महाधिवेशनको हस्ताक्षर अभियान ६ असोजबाट सुरु भएको थियो । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्नेहरूमा नेता डा. शेखर कोइराला, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर छन् ।







