२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुलमान घिसिङमाथि अख्तियार र संसदीय समितिमा उजुरी छ, छानबिन होस्’ : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले घिसिङको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि सुरुमा छानबिन गर्नुपर्ने बताए।

‘भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिन्छौँ। हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौँ। तपाईंहरुलाई उचालेर र घाइतेको रगतमा होली खेलेर सरकारमा गएकाको पनि छानबिन गर्नुपर्छ।’ बस्नेतले थपे, ‘सबैभन्दा पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट गरौँ। मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन। रामेश्वर खनाल जीबाट सुरु गरौँ, पूर्व अर्थसचिव हो। कुलमानजीको अख्तियारमा दर्जनौँ मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौँ मुद्दा छ । संसदीय समितिमा दर्जनौँ मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’

बस्नेतले भतिजोमार्फत लामा कन्ट्रक्सनमा लगानी रहेको आरोप लगाए। ‘कुलमान जी सुटबुट लगाएर बाढीपहिरो निरीक्षण गरेको नाटक गर्दैछन्। सूर्यविनायक-धुलिखेल सडक खण्डमा उनको भतिजो ६० प्रतिशत लगानी छ। उनको भतिजोमार्फत भएको उनको अप्रत्यक्ष लगानी भएको लामा कन्ट्रक्सनको भुक्तानी गर्नुपर्नेछ।’

यसैगरी अर्थमन्त्री रामेश्वर खनालबाटै सम्पत्ति शुद्धीकरणको छानबिन गर्ने अभियान चलाउन सुरुवात गर्नुपर्ने माग गरे। पूर्वसचिव समेत भएकाले खनालबाट छानबिन सुरु गर्नुपर्ने बस्नेतको भनाइ छ। बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’

उनले छानबिनको दायरा फराकिलो बनाएर काम गर्न आयोग र सरकारलाई आग्रह गरेका छन्।