काठमाडौँ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रारम्भिक छलफलका क्रममा आधा दर्जन जतिको प्रारम्भिक नामावली तयार भएपनि विभिन्न निकायमा कार्यरत गरी डेढ दर्जन पुगेको छ ।







