काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने तयारी गरेको छ। आइतबार बिहानै महानगर प्रहरीको ठूलो टोली उक्त क्षेत्र पुगेको हो।
त्यहाँ ठूलो संख्यामा महानगर प्रहरीसँगै ट्राफिक प्रहरी र नेपाल प्रहरी पनि परिचालन भएका छन्। महानगरपालिकाको डोजरले ट्राफिक प्रहरी प्रभाग नजिकै रहेका केही संरचना भत्काएको छ।
काठमाडौँ महानगरपालिकाले भने सम्पदा क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको जनाएको छ ।सार्वजनिक सूचना नै जारी गरिएको र पुनः केही दिन अघि माइकिङ गरेर पनि जानकारी गराइएको महानगरको भनाई छ ।







