२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोमा भट्टराईको आपत्ति : ‘सभापति अस्पतालमा छटपटाइरहँदा महामन्त्रीहरूले विशेष महाधिवेशनको कुरा उठाए’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसकी नेतृ गोमाकुमारी भट्टराईले सभापति शेरबहादुर देउवा उपचारका लागि अस्पतालमा भर्ना भएका बेला महामन्त्रीहरूले विशेष महाधिवेशनको मुद्दा उछालेको भन्दै आपत्ति जनाएकी छन्।

सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमति बैठकमा बोल्दै उनले जेन जेड आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति उपचारका लागि अस्पतालमा रहेका बेला विशेष महाधिवेशनको कुरा उछालिएको भन्दै आपत्ति जनाएकी हुन्।

‘महामन्त्रीज्यूहरूले हामी सबै केन्द्रीय सदस्य, पदाधिकारीज्यूहरूलाई भर्चुअल मिटिङ गरेर के गरौँ ? विशेष महाधिवेशन बोलाऊँ या नियमित महाधिवेशन बोलाऊँ भनेर छलफल गर्दिएको भए धेरै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ,’ भट्टराईले भनिन्, ‘यो अलिकति सान्दर्भिक भएन। यो भन्दा अगाडिको मिटिङमै विशेष महाधिवेशन भनेको भए राम्रै हुन्थ्यो होला । तर, सभापतिज्यू आक्रमणमा परेर घाइते भएर बेडमा छटपटिएको बेलामा उहाँले केही गर्नु भएन भने जस्तो गरी बाहिर मिडियामा हामीले सुन्न पाउँदा हामीलाई दुःख लागेको छ।’

चार वर्षे कार्यकालमा जिम्मेवार पदमा बसेर कसले के काम गरियो सबैले म-म भन्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । ‘हामीले यो अवधिमा जिम्मेवार पदमा बसेका केन्द्रीय सदस्यहरू, पदाधिकारीहरूले के-के गर्‍यौँ ? हामी सबैले म-म गर्नुपर्ने अवस्था सिर्जना भएकै छ,’ केन्द्रीय सदस्य भट्टराईले भनिन्, ‘यो किसिमको एउटा सभापतिलाई मात्रै दोष लाउनु हुँदैन भन्ने मलाई लाग्छ।’

नेतृ भट्टराईले पार्टीले पदाधिकारी र कार्यसम्पादन समिति बैठकबाट गर्ने निर्णय केन्द्रीय सदस्यहरूलाई जानकारी नहुने र केन्द्रीय कार्यसमिति बैठकमा ताली बजाउनुपर्ने अवस्था रहेको गुनासो गरिन्।

‘म अहिले यहाँ के भन्न चाहन्छु भने हरेक निर्णय हुन्छ । हामी केन्द्रीय समितिको साथीहरूलाई केही जानकारी हुँदैन । पदाधिकारीहरू, कार्यसम्पादनका साथीहरूले बसेर मिटिङ गर्नुहुन्छ, त्यसमा हामीले ताली बजाउनु पर्छ,’ उनले भनिन्, ‘सभापति त बुढो हुनुभयो तर अरू केन्द्रीय पदाधिकारीहरू त युवा हुनुहुन्छ नि । सामाजिक सञ्जाल चलाउनु हुन्छ नि । हामीलाई किन सूचना हुँदैन ?’

भट्टराईले एक-अर्कामा हिलो छ्यापेर, एकताको सन्देश नदिएर चुनावमा गए जित्न नसकिने पनि बताइन् । आगामी महाधिवेशनबाट जो सुकै सभापति भए पनि पार्टीमा एकता हुनै पर्नेमा जोड दिइन् ।

‘हामीले एक-अर्कामा हिलो छ्यापेर, एकताको सन्देश नदिकन विवाद गरेर गयौँ भने हामी चुनावमा जित्न सक्छौँ रु सक्दैनौँ । जुनसुकै सभापति भए पनि, महामन्त्री भए पनि सबैमा एकताको भावना, मन जोड्नु पर्ने अवस्था छ,’ उनले भनिन्, ‘सिसाजस्तो फुटाएर हामी जान सक्ने अवस्था छैन। म कसै व्यक्तिको मान्छे होइन । म नेपाली काँग्रेसको इमानदार कार्यकर्ता हुँ । जहिले पनि खेदाइएकै मान्छे हुँ। सबैले पेलेकै मान्छे हुँ।’