काठमाडौँ। सिन्धुलीबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे, गाडीका चालक काठमाडौँ महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद, सोहीठाँउ बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ का ७३ वर्षीय चन्द्रमान योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार दिउँसो २:१० बजेको समयमा मदन भण्डारी राजमार्ग हुँदै काठमाडौँतर्फ गइरहेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको कारलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका_२ झनझने चेकपोस्टमा नियमित जाँच गर्दा गाडीको पछाडिको टायरभित्र लुकाएको अवस्थामा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रकमको स्रोतबारे सोधपुछ सुरु गरेको र बैंकिङ हिसाबकिताब तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । थप विवरण अनुसन्धानपछि आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।







