१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारलाई ज्यान मार्ने कर्मचारीको धम्की, प्रहरी भन्छ-‘अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडी बढाउँछौँ’

अ+ अ-

काठमाडौँ । बैतडीमा एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । समाचारको विषयमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले ज्यान मार्ने धम्की दिएका हुन् । 

बैतडीस्थित आमचौरा स्वास्थ्य चौकीमा कार्यरत सिनीयर अहेव भानबहादुर चन्दले फोन मार्फत रेडियो मेलौलीका व्यवस्थापक लक्ष्मण बिसी र सोही रेडियोका बजार व्यवस्थापक मंगेस दयाललाई ज्यान मार्नै धम्की दिएका हुन् । 

जातीय विभेदको कसूरमा ४ महिना कैद सुनाइएका र फरार रहेका प्रकाश चन्द भारतमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्ने शीर्षकमा समाचार सार्वजनिक भएपछि सिनीयर अहेव भानबहादुर चन्दले ज्यान मार्ने धम्की दिएको रेडियो मेलौलीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपक कुमार रायले घटनाबारे अनुसन्धान भइरहेको बताए । फरार रहेका चन्दको खोजी भइरहेको डिएसपी रायले बताए । 

पत्रकारद्वय बिसी र दयालको तर्फबाट उजुरी दिने जानकारी आएको र त्यसपछि कानुनी प्रक्रिया अपनाएर अघि बढ्ने डिएसपी रायले बताए । पत्रकार वीसी पनि अहिले जिल्ला बाहिर छन् । जिल्ला पुगेर थप प्रक्रियामा जाने उनले बताएका छन् । 

पत्रकारहरूलाई ज्यान मार्ने धम्कीका विरुद्ध सरोकारवाला निकायले चासो राखेका छन् । पत्रकार संघ-संगठन र सुरक्षा निकायले चासो राखेका हुन् । 

सामुदायिक रेडियो मेलौलीले यस विषयमा जानकारी दिँदै विज्ञप्ति जारी गरेपछि पत्रकार महासंघले पनि ध्यानाकर्षण जनाउँदै दोषीमाथि कारवाहीको माग गरेको थियो । त्यसपछि प्रेस चौतारी जिल्ला समिति, प्रेस युनियन जिल्ला समिति र प्रेस युनियनको प्रदेश समितिले पत्रकारमाथि भएको धम्कीपूर्ण व्यवहारले प्रेस स्वतन्त्रता माथिको प्रहार भएको भन्दै कारवाहीको माग गरेका छन् । 

समाचारप्रति कुनै गुनासो वा असन्तुष्टि भएर कानुनी उपचार खोज्नुको साटो पत्रकारलाई नै धम्कीपूर्ण व्यवहारबाट ज्यान मार्ने धम्की दिनु गैह्रकानुनी रहेको भन्दै कारवाहीको माग गरिएको हो ।