२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवा पक्राउ

अ+ अ-

मोरङ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज विराटनगरमा रातो मसी (अबिर मिसिएको पानी)छ्यापिएको छ। घटनामा संलग्न दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना विराटनगर विमानस्थलको एयरपोर्ट लाइन सडकमा भएको हो। इटहरीमा आयोजित युवा संघ नेपालको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन श्री एयरलाइन्सको जहाजबाट १०:५० बजे विराटनगर आएका बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा प्रहरी भ्यानको स्कर्टिङमा थिए।

प्रहरीले तत्काल गाडी रोकेर दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई अहिले सोही कार्यालयमा राखिएको छ।

पक्राउ परेका कुँवरले प्रहरीलाई दिएको बयानमा “महेश बस्नेत र नेकपा एमालेविरुद्ध सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको” बताएका छन्। प्रहरी भ्यानमा राखेर लैजाँदा पनि उनले बस्नेतविरुद्ध नारा लगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि, आक्रमणकारीले प्रयोग गरेको रातो मसीले गाडीको अगाडिको सिसा र बडीमा दाग लागेको छ। बस्नेतलाई भने कुनै शारीरिक क्षति पुगेको छैन।

यो घटना एमालेको युवा संघको कार्यक्रमका क्रममा भएकोले राजनीतिक रंग दिइएको छ तर पक्राउ परेकाहरूले कुनै दलसँग आबद्ध भएको खुलाएका छैनन्।