२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृथ्वी सुब्बा गुरुङको जिकिर : ‘कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालियो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सुशीला कार्कीले कठपुतली सरकार बनाउन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको बताएका छन् ।

बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बाहिरी शक्तिले आफू अनुकूल कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालिएको उनको तर्क थियो ।

२३ र २४ भदौको घटना प्रति लक्षित गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुने दोष नरहेको गुरुङको भनाइ छ ।

उनले भने, ‘उहाँ (केपी शर्मा ओली) को कुनै दोष छैन । उनको कुनै कमजोरी छैन । आफू अनुकूलको कठपुतली सरकार बनाउनका लागि केपी ओलीलाई बलीमा चढाइयो । जनताको सरकारलाई बलीमा चढाइयो । यो सरकारलाई परास्त गर्नका लागि पार्टीको मुद्दाको सम्मान गर्नुपर्छ । त्यो लिगेसीलाई बचाउन सक्नुपर्छ । त्यो लिगेसीलाई बचाउन सक्ने भनेको केपी शर्माले नै हो ।’

अहिले बनेको सुशीला कार्की नेतृत्वको सरकार परास्त नगरेसम्म नेपालको स्वतन्त्र र राष्ट्रिय स्वाधीनता बच्न नसक्ने उनको तर्क छ ।

राष्ट्रियताको पक्षमा एमाले मात्रै रहेको भन्दै उनले जेन जेडहरूले पुराना दलका पुराना नेताहरू हुँदैन भनिरहे पनि मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्र बचाउन केपी शर्मा ओलीको विकल्प नरहेको बताए ।

मुलुकको स्वाधीनता र स्वतन्त्रता बचाउनु पर्छ भनेर लागेको सरकारको प्रमुखको हैसियतमा केपी शर्मा ओलीलाई सत्ता च्युत गरिएको भन्दै उनको कुनै दोष र कमजोरी नरहेको जिकिर गरेका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना गरी संविधानलाई लिकमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । तर संसद् पुनर्स्थापनाको फैसला गरेमा मार्ने भनेर धम्की दिइएको दाबीसमेत उनले गरेका छन् ।

उपमहासचिव गुरुङले मुलुकका तीनवटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका संकटमा रहेको बताए ।

‘जेनजी आन्दोलनका नाममा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जलाएर सबैलाई आतंकित पार्ने काम भएको छ । अहिले तीनवटै अंग संकटमा छन् । संविधान पुनर्स्थापनाको निर्णय फैसला गरिस् भने तिमीलाई मार्छु भनेर धम्की दिइराखेका छन्,’ गुरुङले भने, ‘अहिले संविधान कोमामा छ । यसको उपचारको पहिलो समाधान संसद् पुनर्स्थापना भएपछि मात्र संविधान संशोधन, संवैधानिक सरकार बन्न सक्छ । संसद् पुनर्स्थापना पहिलो सर्त हो ।’

उनले संविधान पुनर्स्थापना गरेर जेन जेडसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर उनीहरूले उठाएका सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतका माग सम्बोधन गर्न सकिने बताए ।

राष्ट्रिय युवा संघले गरिरहेको कार्यक्रममा देशभर जेनजी युवाको नाममा अवरोध सिर्जना गर्न खोजिएको पनि उनको भनाइ थियो ।

जागरण सभालाई सम्बोधन गर्दै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जेन जेडको नाममा एमालेमाथि आक्रमण भइरहेको बताएका छन् । भट्टले २३ र २४ भदौको घटना फरक फरक भएको समेत बताए ।

उनले एमालेले राष्ट्रियता र देशको पक्षमा काम गरेकै कारण पार्टीमाथि आक्रमण भइरहेको पनि दाबी गरेका छन् ।