२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीको रु. १० लाख २३ हजारसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले चोरीको नगद रु. १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । 

नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर २४ गते राति सिनामंगलस्थित राजश्री फाइनान्सबाट र गएराति १२:३० बजे काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटेल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरीको रु. १० लाख २३ हजार ५०० नगद र विभिन्न सामानसहित नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका गजुरेललाई काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागु औषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उहाँले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताए ।

निजको साथबाट चोरीका सामानसहित खैरो रङको सोने लेखेको ब्याग एक थान, चोरी गर्दा प्रयोग गरेको हरियो रङको हुडी एक थान, स्पोर्ट लेखेको पञ्जा एक थान, चाँदीजस्तो धातु देखिने पाएल दुई थान, क्यानन क्यामेरा एक थान, नेक्सजेन लेखेको हार्डड्राइभ एक थान, विड् इलिमेन्टस् लेखेको हार्ड ड्राइभ एक थान, रजिष्टर एक थान, नागरिकता, विभिन्न कागजात तथा बैंकको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।