काठमाडौँ । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गरेको भन्दै प्रहरीले २९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मालपोत कार्यालयबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरू लेखापढी व्यवसायी हुन् । उनीहरू जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका थिए । लेखापढीका नाममा सेवाग्राहीलाई हैरानी दिएको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।







