२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदन गुरुङसँगको तस्बिरसहित बालेनको सन्देश-‘देश बनाउन प्रयास गर्ने पात्रहरू नै इतिहासमा रहन्छन्’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले देश निर्माणको कुरा सबैले गर्ने भए पनि त्यसका लागि वास्तविक रूपमा अघि बढ्ने पात्र नै निर्णायक हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले बाबु सुधन गुरुङले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गर्दै उक्त योगदान देशले सय वर्षसम्म पनि नबिर्सने उल्लेख गरेका छन्।

मेयर बालेनको यो अभिव्यक्ति पछिल्लो पुस्तामा लोकप्रिय मानिएका रवि लामिछाने, कुलमान घिसिङ र बालेन एकै स्थानमा जोडिएको पृष्ठभूमिमा आएको हो। जेन जेड पुस्ताका नेता सुधन गुरुङले यी तीनै व्यक्तित्वलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाविरुद्ध आ–आफ्नो क्षेत्रमा एक्लै आवाज उठाएर उदाएका तीन नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएसँगै बालेनको यो स्टाटस सार्वजनिक भएको हो।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) समूहबीच एकता भएको भोलिपल्ट कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकतासँगै पुराना राजनीतिक शक्तिविरुद्ध उठेको आवाज अब करिब एक ठाउँमा संगठित हुँदै गएको देखिएको छ। विवेकशील साझा पार्टी यसअघि नै रास्वपामा समाहित भइसकेको छ भने जेन जेड आन्दोलनका केही अगुवाहरू पनि रास्वपामा प्रवेश गरिसकेका छन्।

जेन जेड आन्दोलनका युवाहरूले राजनीतिक, नैतिक र भौतिक समर्थनलाई तीनवटा संगठित समूहमा केन्द्रित गर्दै आगामी चुनावका लागि यी शक्तिहरू एकसाथ आउनुपर्ने दबाब निरन्तर दिँदै आएका थिए।

पुराना पार्टीहरूको बर्चस्व तोड्न छुट्टाछुट्टै चुनावमा भाग लिँदा अपेक्षित परिणाम नआउने निष्कर्षसहित यी तीन राजनीतिक शक्तिहरू एक ठाउँमा आएको विश्लेषण गरिएको छ।