काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ र क्षेत्र नम्बर-२ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
शनिबार बसेको एमाले बैठकले सुर्खेत–१मा ध्रुवकुमार शाही र २ मा कुलमणि देवकोटालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।
शाही नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिव हुन् भने देवकोटा नेकपा सुर्खेत जिल्ला कमिटी अध्यक्ष हुन्।







