काठमाडौँ। भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन् ।
रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







