काठमाडौँ। नेपाली काँग्रेसले शेरबहादुर देउवा पक्षले अदालत गएर चुनावको मुखमा पार्टीलाई संकटमा नहाल्ने विश्वास व्यक्त गरेको छ।
गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले यो पार्टी सबैको भएको बताए।
तर शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै भोलि सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ।







