काठमाडौँ । शेयर बजार क्षेत्रमा क्रियाशील व्यवसायी दीपेन्द्र अग्रवालसहित केही उद्योग तथा व्यापारिक क्षेत्रका प्रतिनिधिहरू नेकपा (एमाले) मा आबद्ध भएका छन्।
उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।
स्टक मार्केटमा लगानीकर्ता तथा कारोबारीका रूपमा चिनिएका अग्रवाललाई यस क्षेत्रका प्रभावशाली व्यवसायीमध्ये एकका रूपमा लिइन्छ। उनी विराटनगर महानगरपालिका-९ का स्थायी बासिन्दा हुन्।



