२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदाता र उम्मेदवारका २६ जिज्ञासा र निर्वाचन आयोगको जवाफ

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदाता, उम्मेदवार, सरकारी निकाय र सर्वसाधारणबाट निर्वाचनसम्बन्धी विविध जिज्ञासा उठिरहेका छन्। निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा प्राप्त भएका यस्ता जिज्ञासाहरू सबैका लागि उपयोगी हुने ठहर गर्दै प्रतिनिधिमूलक २६ प्रश्न र तिनका आधिकारिक उत्तर सार्वजनिक गरेको छ।

मतदाता परिचयपत्र, मतदाता नामावली, आचारसंहिता, मतदान प्रक्रिया, अस्थायी मतदाता, सवारी साधन सञ्चालन, लोकसेवा परीक्षा, म्यादी प्रहरी लगायत विषयमा आएका जिज्ञासाहरूलाई यहाँ प्रश्न-उत्तर शैलीमा प्रस्तुत गरिएको छ:

१. मतदाता परिचयपत्रमा बुवाको नाम फरक परेको थियो। सच्याउनका लागि निवेदन दिइसकेको थिएँ तर हालसम्म नसच्चिएको हुँदा के गर्ने होला ?
उत्तर: तपाईंले निर्धारित समयमा नै आवेदन दिनु भएको भए सच्चिनुपर्ने हो। सच्चिएको छ कि छैन भन्ने थाहा पाउन www.election.gov.np मा लगइन गरी आफ्नो मतदाता नामावली हेर्नुहोस्। नभएमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नुहोला।

२. मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकाले यसको दुरुपयोग हुन सक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ ?
उत्तर: सम्बन्धित स्थानीय तहमा मृत्यु दर्ता गराएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ। मृत्यु भएका तर मृत्यु दर्ता नभइसकेका व्यक्तिहरूको नाम मतदाता नामावलीबाट नहटेको हुन सक्छ। मतदान केन्द्रमा फोटोसहितको रङ्गीन मतदाता नामावली पठाइएको हुन्छ। त्यहाँ खटिएका उम्मेदवारका प्रतिनिधि र कर्मचारीले मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटोसहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहार भिडाएर एकिन गरी मात्र मतदान गर्न अनुमति दिने हुँदा यस्तो दुरुपयोग हुने सम्भावना देखिँदैन।

३. अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर: मतदाता नामावलीमा आफ्नो नाम रहेको स्थानीय तहको सम्बन्धित वडाको तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्न पाइन्छ। अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइँदैन।

४. फौजदारी अभियोग लागेर कैद भुक्तान गरेका व्यक्तिले समेत उम्मेदवारी दिएको पाइयो। यसमा आयोगले के गर्छ ?
उत्तर: यस विषयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यथाशीघ्र उजुरी/गुनासो दिनुहोला। निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्छ र कानुन अनुसार अयोग्य रहेको देखिएमा निजको उम्मेदवारी खारेज हुन्छ।

५. मतदाता परिचयपत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? प्यान कार्डले भोट हाल्न पाइन्छ कि पाइँदैन ?
उत्तर: मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ। सामान्यतया मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ। तर मतदाता परिचयपत्र नभएको वा नासिएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर मतदान गर्न पाइने गरी विगतमा आयोगबाट निर्णय भएको थियो। आगामी निर्वाचनमा यस सम्बन्धी आयोगको निर्णयका लागि www.election.gov.np वा आधिकारिक फेसबुक पेज Election Commission Nepal तथा टिकटक पेज ECN Official हेर्दै गर्नुहोला।

६. मतदाता नामावली स्थानान्तरण गर्न के गर्नुपर्छ ?
उत्तर: मतदाता नामावली एक स्थानबाट अर्को स्थानमा सार्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा रितपूर्वक अनलाइन वा प्रत्यक्ष उपस्थित भएर निवेदन दिनुपर्छ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नाम दर्ता र स्थानान्तरणको Cutoff date तोकिइसकेकोले हाल यो सेवा बन्द छ। निर्वाचन सम्पन्न भएपछि मात्र सेवा लिनुहोला।

७. निर्वाचनको दिन सार्वजनिक बिदा हुन्छ ?
उत्तर: यस विषयमा हालसम्म निर्णय भइसकेको छैन। निर्वाचन आयोगका आधिकारिक सूचना हेर्दै गर्नुहोला।

८. अहिले नयाँ दल दर्ता गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर: अहिले नयाँ दल दर्ता गर्न पाइन्छ तर हाल दर्ता भएको दलले आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ मा भाग लिन भने पाइँदैन। प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय पूरा भइसकेको छ।

९. मरेका व्यक्तिहरूको नाम मतदाता नामावलीबाट हटाइएको छ कि छैन ?
उत्तर: तोकिएको मितिसम्म मृत्यु भएका (स्थानीय तहमा मृत्यु दर्ता गराएका) व्यक्तिहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ।

१०. अस्थायी मतदाता को–को हुन् ?
उत्तर: ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा कानुन बमोजिम दर्ता भएका वृद्धाश्रममा बसेका व्यक्तिहरू अस्थायी मतदाताका रूपमा रहेका छन्।

११. संस्थाको नियमित साधारणसभा गर्न आचारसंहिताले रोक्छ कि रोक्दैन ?
उत्तर: गैरराजनीतिक संस्थाले आफ्नो नियमित साधारणसभा गर्न मिल्छ। तर निर्वाचन आचारसंहिता विपरीत कार्य हुने आशंका भएमा स्थानीय प्रशासन र जिल्ला आचारसंहिता अनुगमन समितिले रोक लगाउन सक्छ। यस्तो अवस्थामा साधारणसभा निर्वाचनपछि सार्न वा गर्नै पर्ने भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ।

१२. मतदाता नामावली कहाँबाट र कसरी पाइन्छ ?
उत्तर: तोकिएको शुल्क तिरेर जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीको प्रतिलिपि प्राप्त गर्न सकिन्छ।

१३. पहिले नै तय भएको उपभोक्ता समितिको चुनाव गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर: निर्वाचन आचारसंहिता लागू भएको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उपभोक्ता समितिको चुनाव गर्न पाइँदैन।

१४. मतदानको दिन कति प्रतिशत मत खसेमा आयोगले चुनावलाई आधिकारिकताको मान्यता प्रदान गर्छ ?
उत्तर: मौजुदा निर्वाचन कानुनले खस्नुपर्ने मतको न्यूनतम सीमा निर्धारण नगरेकोले जति प्रतिशत मत खसे पनि मतदान वैध हुन्छ र मतगणनाको प्रक्रिया अगाडि बढ्छ।

१५. मतपत्रमा ब्रेल लिपिको व्यवस्था गरिएको छ कि छैन ?
उत्तर: हाल मतपत्रमा ब्रेल लिपिको व्यवस्था गरिएको छैन। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले आफूले विश्वास गरेको एकाघरको व्यक्तिसँग मतदान गर्न जान सक्नुहुन्छ।

१६. मतदाता परिचयपत्र बनाउन के गर्नुपर्छ ?
उत्तर: मतदाता नामावलीमा नाम दर्ता भएका र विगतमा मतदाता परिचयपत्र नपाएका व्यक्तिलाई आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउँछ। सम्बन्धित मतदान केन्द्रबाट प्राप्त गर्न सकिन्छ।

१७. आचारसंहिता लागू भएपछि मेला महोत्सव आयोजना गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर: निर्वाचन गतिविधिमा बाधा नपुर्‍याउने गरी स्थानीय परम्परा अनुसार जात्रा, मेला सञ्चालन गर्न पाइन्छ। तर निर्वाचन प्रचार–प्रसार वा मतदान प्रक्रियामा प्रभाव पार्ने खालका मेला आयोजना गर्न पाइँदैन।

१८. अस्पतालमा करार सेवाको कर्मचारी नियुक्ति गर्न मिल्छ ?
उत्तर: निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा करार सेवामा कर्मचारी नियुक्ति गर्न मिल्दैन। विशेष अवस्था (महामारी वा नियन्त्रणबाहिरको परिस्थिति) मा आयोगको सहमति आवश्यक हुन्छ।

१९. विद्यालयमा करार कर्मचारी नियुक्ति दिन मिल्छ ?
उत्तर: लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत नियमित सेवा आयोगका प्रक्रिया बाहेक नयाँ नियुक्ति गर्न पाइँदैन।

२०. मतदाता नामावली अद्यावधिक भए–नभएको कसरी थाहा पाउने ?
उत्तर: www.election.gov.np मा गई आवश्यक विवरण भरी अद्यावधिक भए–नभएको हेर्न सकिन्छ।

२१. मतदाता परिचयपत्रमा पति–पत्नीको नाम फरक छ, संशोधन गर्न मिल्छ ?
उत्तर: हाल निर्वाचन घोषणा भइसकेकाले सेवा बन्द छ। निर्वाचनपछि मात्र संशोधन गर्न सकिन्छ।

२२. मतदाता नामावली स्थानान्तरण गर्न मिल्छ ?
उत्तर: हाल सम्भव छैन। निर्वाचनपछि प्रमाणसहित आवेदन दिनुपर्छ।

२३. मतदाता परिचयपत्र छ तर नामावलीमा नाम छैन भने मत दिन पाइन्छ ?
उत्तर: मतदाता नामावलीमा नाम नभए मतदान गर्न पाइँदैन।

२४. निर्वाचनको दिन सवारी साधन चल्छ ?
उत्तर: अनुमति प्राप्त बाहेक अन्य सवारी साधन चल्दैनन्।

२५. लोक सेवा आयोगको परीक्षा सर्छ ?
उत्तर: निर्वाचनका कारण नियमित लोक सेवा परीक्षाहरू सर्दैनन्। तर मतदानको दिन आसपास नहुन सक्छन्।

२६. म्यादी प्रहरीलाई मतदानका लागि बिदा मिल्छ ?
उत्तर: सामान्यतया मिल्दैन। मतदानको दिन निर्वाचन सुरक्षामा खटिनुपर्ने हुन्छ।