२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमा बढ्दो तनावपछि परराष्ट्र मन्त्रालयको सूचना : नेपालीलाई भ्रमण नगर्न र स्वदेश फर्किन आग्रह

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानको वर्तमान सुरक्षा अवस्था अस्थिर बन्दै गएको भन्दै त्यहाँ रहेका तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकका लागि सावधानीसम्बन्धी सूचना जारी गरेको छ।

मन्त्रालयले आइतबार जारी गरेको सूचनामा विकसित घटनाक्रमका कारण अवस्था सहज नहुञ्जेल इरान भ्रमणको योजना स्थगित गर्न आग्रह गरिएको छ। साथै रोजगारी वा अन्य प्रयोजनका लागि इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म छिटो सुरक्षित माध्यमबाट देश छाड्न सुझाव दिइएको छ।

मन्त्रालयले इरानमै बसोबास गरिरहेका नेपालीलाई आकस्मिक अवस्थाका लागि राहदानी, परिचयपत्र तथा अन्य आवश्यक कागजात सधैँ तयारी अवस्थामा राख्न समेत अनुरोध गरेको छ। आवश्यक समन्वय तथा जानकारीका लागि दोहास्थित नेपाली दूतावास र काठमाडौँस्थित परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।

इरानमा गत डिसेम्बर २८ यता महँगी, बढ्दो मुद्रास्फीति र सरकारी आर्थिक नीतिको विरोधमा देशव्यापी प्रदर्शन जारी छन्। प्रदर्शनका क्रममा मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए पनि इरानी सरकारले मृत्यु हुनेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

प्रारम्भमा आर्थिक असन्तुष्टिबाट सुरु भएका प्रदर्शन क्रमशः राजनीतिक मागतर्फ उन्मुख भएका छन्। यस विषयमा अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रतिक्रिया आएका छन् भने इरानी पक्षले यसलाई आफ्नो आन्तरिक विषय भन्दै बाह्य हस्तक्षेप अस्वीकार गर्दै आएको छ। सरकारले हिंसात्मक गतिविधिमा संलग्नहरूविरुद्ध आवश्यक कदम चालिने स्पष्ट पारेको छ।